सांकेतिक तस्बिर

अन्तर्राष्ट्रिय

पूर्वी चीनमा आगलागीमा परी छ जनाको मृत्यु

By खबरहब

August 30, 2023

बेइजिङ- पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ताइझोउ शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बिहान ३ बजेर ४० मिनेटको समयमा आगलागी भएको जिल्ला सरकारले जनाएको छ ।

प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए । यद्यपि त्यसबेला प्रहरी पुग्दा आगलागी भएको घरमा छ जना फसेका थिए । प्रहरीले तीन जनालाई घाइते अवस्थामा र तीन जनाको शव घरबाट निकालेका थिए ।

घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । आगलागी कसरी शुरू भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।