तस्वीर- पाकिस्तान क्रिकेट

क्रिकेट

एसिया कप : लगातार दुई बलमा नेपालले गुमायो दुई विकेट

By खबरहब

August 30, 2023

काठमाडौँ- एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले लगातार दोस्रो विकेट गुमाएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका हुन् ।

भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिएका हुन् । भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए ।

त्यसअघि पाकिस्तानको मुल्तानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।