तस्वीर- पाकिस्तान क्रिकेट

क्रिकेट

नेपालले तेस्रो विकेट पनि गुमायो, आशिफ शेख ५ रन बनाएर आउट

By खबरहब

August 30, 2023

काठमाडौँ- एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट पनि गुमाएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालका आशिफ शेख पनि आउट भएका हुन् ।

१ ओभर ४ बलमा आशिफलाई नसीम शाहले आउट गरेका हुन् । उनले ५ बलमा ५ रन बनाए । उनको स्थानमा सोमपाल कामी मैदान प्रवेश गरेका छन् ।

त्यसअघि कुशल भुर्तेल दोस्रो इनिङको पाचौँ एवम् उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान रोहित पौडेल छैटौँ बलमा आउट भएका थिए । भुर्तेलले ८ रन बनाए भने कप्तान पौडेल डक आउट भए । दुबैको विकेट सहीन शाह अफ्रिदीले लिएका हुन् ।

भुर्तेललाई विकेटकिपर मोहम्मद रिजवानले क्याच आउट गराए भने कप्तान पौडेल एलबीडब्लू आउट भए । त्यसअघि पाकिस्तानको मुल्तानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो ।