सांकेतिक तस्बिर

देश/प्रदेश

अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

August 30, 2023

अत्तरिया- कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका एक जना लागूऔषधसहित पक्राउ परेका हुन् । हाल गोदावरी नगरपालिका–२ तेघरीमा भाडामा बस्दै आएका २९ वर्षीय निराजन बिष्ट लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुधबार दुई ग्राम ५८६ मिलिग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बिष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।