खेलकुद

नेपाल सुपर लिग : आज धनगढी र बुटवल लुम्बिनी खेल्ने

By खबरहब

November 30, 2023

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

आजको खेलमा धनगढी दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । जारी लिगमा धनगढी तीन अंकका साथ चौथो स्थानमा रहेको छ भने अंकविहीन रहेको बुटवल लुम्बिनी पुछारमा छ ।

धनगढीले आफ्नो पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई पराजित गरेको थियो भने बुटवल ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।