खेलकुद

रियल मड्रिडसँग नापोली पराजित

By खबरहब

November 30, 2023

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड विजयी भएको छ । समूह सी अन्तर्गत बुधबार राति घरेलु मैदान सान्टियागो बर्नब्युमा भएको खेलमा नापोलीलाई ४–२ गोलले हराउँदै रियल विजयी भएको हो ।

रियलको जितमा रोड्रिगो, जुड बेलिङ्घम, निको पाज र जोसेलुले एक–एक गोल गरेका थिए । यस्तै नापोलीका जियोभानिय सिमियोनी र आन्द्रे एन्गुइसाले एक–एक गोल गरेका थिए ।

खेलको नवौँ मिनेटमा सिमियोनीको गोलमार्फत लिएको अग्रता जोगाउन नसक्दा नापोली पराजित हुन पुग्यो ।

यो जितसँगै ५ खेलबाट १५ अंक जोडेको रियाल समूहको शीर्ष स्थानमा छन् । रियल एक खेल अगावै च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ। पराजित भएको नापोली ७ अंकका साथ दोस्रो स्थानमा छ ।