खेलकुद

बागमतीलाई हराउँदै आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा

By खबरहब

November 30, 2023

कास्की – केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ ।

पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई हराएको आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै पूरा गर्यो ।

आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । कप्तान विनोद भण्डारी २५ रनमा आउट भए ।

पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । बागमतीका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन् ।

कप्तान सन्दीप लामिछानेले १९ रन बनाउँदा रित गौतम १४ रनमा आउट भए । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए । विवेक यादवले एक विकेट दिए ।

बागमतीका लागि सन्दीप लामिछानेले २ विकेट लिदा, प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान १-१ विकेट लिए ।