राजनीति

एमालेको पदयात्रा बैतडीको गोठलापानी पुग्यो

By खबरहब

November 30, 2023

बैतडी- आजबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा बैतडीको गोठलापानी पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तलन गरी आज बिहान मध्यपहाडी लोकमार्ग यात्राको उद्घाटन गरेका थिए, सो यात्राको पहिलो स्टेसनको रुपमा बैतडीको गोठलापानी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्यपहाडी राजमार्गको करिब १ हजार ८ सय ७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्यपहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।