राजनीति

नेकपा एसका बैतडी इन्चार्ज र जिल्ला अध्यक्ष एमालेमा फर्किए, टीका लगाएर ओलीले गरे स्वागत

By खबरहब

November 30, 2023

काठमाडौं- नेकपा एकीकृत समाजवादीका बैतडी इन्चार्ज र जिल्ला अध्यक्षलगायत नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।

एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन् ।

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवम् बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन ।

यसैगरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षसमेत रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर उनीहरूलाइ पार्टीमा स्वागत गरेका छन । जिल्ला इन्चार्ज, अध्यक्ष, जिल्लाका नेताहरू एमालेमा फर्किए पछि बैतडीमा नेकपा एस रित्तिएको एमालेले दावी गरेको छ ।