ब्रेकिङ स्टोरी

राष्ट्रपतिद्वारा मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त

By खबरहब

November 30, 2023

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन् ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासका अनुसार मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको  धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका र स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।