फोटो फिचर

यूएईमा प्रधानमन्त्रीको व्यस्तता (तस्बिरहरु)

By खबरहब

November 30, 2023

काठमाडौं- यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सहभागी हुने यूएईमा छन् । बिहीबार यूएईको राजधानी अबुधाबीमा उनले त्यहाँस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरे ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्रीले राजदूतावासबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

राजदूतावासको भ्रमणका क्रममा त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताए ।

सम्मेलनमा आफूले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीले जानकारी दिएको निजी सचिवालयले जनाएको छ ।

उनले उक्त सम्मेलनमा याचकका रुपमा नभइ अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु-