अपराध

८० हजार घुससहित बुढानिलकण्ठका सवइन्जिनियर पक्राउ

By खबरहब

November 30, 2023

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सवइन्जिनियर टिकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले बताएका छन् ।