फाइल फोटो

ब्रेकिङ स्टोरी

काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

By खबरहब

December 30, 2023

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यका विभिन्न स्थानमा आज कम्तिमा चार घण्टासम्म विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

यसैगरी, साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।