समाचार

पानीजहाजतर्फका ३९८९ आवेदकलाई स्वास्थ्य परीक्षण र रोजगार आवेदन फारम भर्न सूचना

By खबरहब

December 30, 2023

काठमाडौं– कोरियामा पानीजहाज कम्पनीमा रोजगारीका लागि भाषा परीक्षामा ३ हजार ९ सय ८९ जनाले नाम निकाल्न सफल भएका छन् ।

अब उनीहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने छ र रोजगार आवेदन फारम भर्नुपर्ने छ । यसका लागि वैदेशिक रोजगार विभाग ईपीएस शाखाले शुक्रबार नै सूचना जारी गरिसकेको छ ।

स्वास्थ्य परीक्षणका लागि पुस १७ देखि १९ गतेसम्म तोकिएको छ । स्वास्थ्य परीक्षणमा सफल भएकाहरुको रोजगार आवेदन फारम भने पुस २२ देखि माघ ३ गतेसम्म अनलाइनमार्फत हुनेछ ।

आवेदकहरुलाई दुई दिन अघिदेखि नै माछा मासु र मदिरा नखाइकन स्वास्थ्य परीक्षणका लागि ट्राउजर र भेष्ट लगाएर तोकिएको मितिमा अस्पतालमा जान भनिएको छ । सरकारी अस्पतालमासमेत स्वास्थ्य परीक्षण शुल्क प्रतिव्यक्ति ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।