समाचार

पोखरामा बसको ठक्करबाट एक भारतीय महिलाको मृत्यु

By खबरहब

December 30, 2023

काठमाडौँ– पोखरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ९ बजेतिर ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमलालगायतका सामान व्यापार गर्ने इसरावती घाइते भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तनहुँ म्याग्दे– ८ का रामजी गन्धर्व र पर्साकी चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।  उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।