राजनीति

राष्ट्रियसभा उम्मेदवारको नाम सभापतिले कोटको खल्तीबाट ढ्याप्प निकाल्नुहुन्छ : गगन थापा

By खबरहब

December 30, 2023

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा उम्मेदवारको नाम सभापतिले कोटको खल्तीमा राखेको र त्यहाँबाट नै नामहरू निस्कने बताएका छन् ।

उनले शनिबार भक्तपुरको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘राष्ट्रियसभामा प्रदेशलाई तीन जना छान भनेर पठाएको छ । प्रत्येकले ३ सय जनाको नाम पठाएको छ । कुल २१ सय मानिसको नाम छ ।’ महामन्त्री थापाले भने,,  ‘काँटछाँट गर्दा हजार पुग्छन् होला । सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ।’

प्रदेशले सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका हुन् ।

उनले अन्तिममा सभापतिले कोटको खल्तीबाट नाम निकाल्ने बताउँदै भने, ‘सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ । टाउको गन्ने हो । सभापतिज्यूले भनेपछि धन्यवाद भने भइहाल्छ ।’