ढाका– बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकासमामिला हेर्ने एक संस्थाले जनाएको छ ।
बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य, र वातावरण प्रतिष्ठानले शुक्रबार ढाकामा पत्रकार सम्मेलन गरी तथ्यांक सार्वजनिक गरेको हो । मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रका ६३७ जना कामदारको ज्यान गएको छ । २२०, निर्माण क्षेत्रका, १४९, कृषि क्षेत्रका १४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा ५०२ जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्याकअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा ३२९ जनाको मृत्यु तथा २७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार १०३ जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।
कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिन्डर विस्फोट, हिंसा, कामदारमाथि हुने शारीरिक दुव्र्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।
तथ्यांकले २०१३ देखि चालु वर्षको डिसेम्बर २८ सम्म कम्तिमा नौ हजार २६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ ।
संस्थाले पत्रपत्रिका, अनलाइन , टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्कलगायतबाट संकलित जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ ।