समाचार

पूर्वराजा शाहले कपिलवस्तुमा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

By खबरहब

December 30, 2023

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

पूर्वराजा शाहले कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाको पहलमा खैरेन्द्रपुर चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर हुन् ।

शालिक अनावरण गर्न पूर्वराजा शाह र नाति हृदयेन्द्रसहित कपिलवस्तु पुगेका थिए ।