प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

कुशासन बढेको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका नेता आक्रोशित

By खबरहब

December 30, 2023

इस्लामावाद- मुलुकमा कुशासन बढ्दै गएको भन्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानका नेताले आक्रोश पोखेका छन् ।

गिल्गिट बाल्टिस्तानको प्रान्तीय सभाका विपक्षी नेता एवम् पूर्वप्रान्तीय वित्तमन्त्री जावेद अली मान्वाले मुलुकमा कुशासन उत्कर्षमा रहेको भन्दै जनताको समस्या समाधान गर्न सरकार असफल भएको बताए ।

पाकिस्तानबाट प्रकाशित हुने उर्दू अखबार डेली के२ का अनुसार गिल्गिट बाल्टिस्तान अन्धकारमा रहेको भन्दै सरकारसँग जनतालाई अन्धकारबाट बाहिर ल्याउने कुनै नीति नभएको बताए । उनले तल्लो तहका सहयोगीको निर्देशनमा सरकार चलेको भन्दै आक्रोश पोखे।

उनले प्राथमिकताका आधारमा सरकारले जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सरकारमा रहेका मन्त्रीहरुले काम नै नगरी दिन बिताउने गरेको भन्दै उनले यस्तो सरकार जनताका लागि घाँडो भएको उल्लेख गरे । उनले आफूहरु गिल्गिट बाल्टिस्तानमा शान्तिको पक्षमा रहेको समेत जिकिर गरे ।