देश/प्रदेश

बैतडीका एक युवक चार दिनदेखि बेपत्ता

By खबरहब

January 31, 2023

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–३ बरक्वालीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केशव नाथका २० वर्षीय छोरा वीरेन्द्र नाथ रहेका छन् । 

विरेन्द्र चार दिनदेखि सम्पर्कविहीन भएको उनका बुवा केशवले बताए । शनिबार लुगा धुन घरबाट निस्केका उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् । 

वीरेन्द्रको खोजीका लागि प्रहरीमा जानकारी गराइएको छ । उनलाई भेट्टाउने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६५८६८७२७मा सम्पर्क गरिदिन वीरेन्द्रका बुवा केशवको आग्रह छ ।