फाइल तस्वीर

खेलकुद

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

By खबरहब

January 31, 2023

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले जबरजस्तीको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । क्यानको पोखरामा जारी केन्द्रीय समितिको बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने समझदारी भएको क्यानले जनाएको छ ।

उनका अनुसार बैठकको एजेण्डामध्ये सन्दीपको विषयमा छलफल हुँदा उक्त समझदारी भएको हो। सन्दीप केही पहिले उच्च अदालतबाट बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । पक्राउ पर्नुअघि उनी क्रिकेट टोलीको कप्तानको भूमिकामा थिए ।