सांकेतिक तस्बिर

देश/प्रदेश

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

By खबरहब

March 31, 2023

भक्तपुर- भक्तपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महत घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका महतलाई सुरुमा सूर्यविनायक नगर अस्पतालमा उपचारका लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि महतलाई मध्यपुर अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।