राजनीति

पहिचानका आधारमा प्रदेश १ को पुनः नामङ्कन हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन

By खबरहब

March 31, 2023

काठमाडौँ- पहिचानका आधारमा प्रदेश १ को पुनः नामङ्कन हुनुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

प्रदेशको नाम कोशी खारेज गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश १ को पुनः नामङ्न हुनुपर्ने भन्दै किरात याक्थुङ चुम्लुङलगायतका संस्थाहरुले शुक्रबार काठमाडौंको माइतघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पहिचानका आधारमा प्रदेश १ को नाम हुनुपर्ने माग राखेका छन् । उनीहरुले प्रदेश नामङ्कनको विरोधमा भएको प्रदर्शनका ज्यान गुमाएका लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने माग पनि राखेका छन् । प्रदेश १ को नाम कोशी राख्ने निर्णय खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।