राजनीति

एमालेले चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

By खबरहब

March 31, 2023

चितवन- वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन-२ का पूर्वसांसद कृष्णभक्त पोखरेले जानकारी दिए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।