फारइल फोटो

ब्रेकिङ स्टोरी

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

By खबरहब

May 31, 2023

काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी कार्यवाहक तोकिएको हो । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।