ब्रेकिङ स्टोरी

सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेका छन् : प्रधानमन्त्री

By खबरहब

August 31, 2023

वीरेन्द्रनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ भनेर जनताले हेरिरहेको टिप्पणी गरेका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यो सरकार कतिसम्म चल्छ भन्ने आफूलाई कुनै टेन्सन भएको पनि बताए । उनले आफूले राम्रो काम गरिरहेको र राम्रो गर्दागर्दै पनि कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा उनले भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा आफूसहित माओवादीका नेताहरु दोषी देखिए नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआईबी) लाई निर्देशन दिएको बताए । उनले भ्रष्टाचार काण्डहरुको छानबिनमा आफ्ना पार्टीका नेताहरुमाथि छानबिन नगर्न सीआईबीलाई दबाब नदिएको बताउँदै दोषी देखिए आफ्ना नेता र आफूलाईसमेत नछाड्न भनेको बताए ।

‘माओवादी र प्रचण्डले आफ्नो मान्छे जोगाउँछ कांग्रेस र एमालेका मान्छेहरुलाई हान्छ भनेर निकै हल्ला भयो । मैले सीआईबीलाई यदि दोषी देखिन्छ भने माओवादीको जोसुकै नेता भएपनि गर्दाजाँदा बाटोमा प्रचण्ड देखियो भने त्यसलाई पनि नछोड भनिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।