राजनीति

प्रोस्टेटको शल्यक्रिया गराएका रक्षामन्त्री खड्कासँग प्रधानमन्त्री प्रचण्डको भेट

By खबरहब

August 31, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको छाउनी पुगी उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।

प्रोस्टेटको शल्यक्रियाका लागि भर्ना भएका मन्त्री खड्कालाई भेट्न प्रधानमन्त्री प्रचण्ड सैनिक अस्पताल छाउनी पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । उनी बुधबार अस्पताल भर्ना भएका हुन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।