समाचार

सैनिक अस्पतालमा रक्षामन्त्री खड्काको शल्यक्रिया सम्पन्न

By खबरहब

August 31, 2023

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको छ ।

बुधबार सैनिक अस्पताल छाउनीमा भर्ना भएकामा मन्त्री खड्काको सफलतापूर्वक प्रोस्टेटको शल्यक्रिया सम्पन्न भएको हो । अहिले खड्काको अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नै सैनिक अस्पताल पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।