क्रिकेट

एसिया कप क्रिकेट : बंगलादेशविरुद्ध श्रीलंकाको सहज जित

By खबरहब

August 31, 2023

एजेन्सी – एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलंकाले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो । श्रीलंकाको जितमा तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शन गरे ।

एक सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि चरिथ असलंकाले ६२ रन, ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रन बनाए । त्यस्तै सदिरा समराविक्रमा ५४, दासुन शानकाले १४ रनको योगदान दिए । बगंलादेशका लागि कप्तान सकिब अल हसनले दुई, तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक एक विकेट लिए ।

त्यसअघि पालेकाले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रन बनाएको. थियो । उसका लागि नाज्मुल हसन शान्टोले ८९ रनको योगदान गरे । त्यस्तै ओपनर मोहम्मद नइम १६, तान्जिद हसन डक, कप्तान सकिब अल हसन ५, तोवहिद ह्दोय २०, मुश्फिकर रहिम १३ रन बनाएका थिए ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले चार तथा धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक एक विकेट लिए ।