खेलकुद

इटालियन सिरी ए : रोमामाथि युभेन्टसको जित

By खबरहब

December 31, 2023

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा रोमालाई १–० गोलले हराउँदै युभेन्टसले जित निकालेको हो ।

युभेन्टसका लागि एड्रियन राबियोटले एक गोल गरेका थिए । उनले खेलको ४७औँ मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै १८ खेलबाट ४३ अंक जोडेको युभेन्टस तालिकाको दोस्रो स्थानमा छ । शीर्षस्थानको इन्टर मिलानको ४५ अंक छ ।

पराजित भएको रोमा समान खेलबाट २८ अंकका साथ सातौँ स्थानमा छ ।