खेलकुद

इंग्लिस प्रिमियर लिग : नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

By खबरहब

December 31, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर नटिङघमसँग २–१ गोलले स्तब्ध बनेको हो ।

नटिङघमको जितमा निकोलश डोमिनगुयज र मोर्गान गिब्सले एक–एक गोल गरेका थिए भने युनाइटेडका मोर्कोस राशफोर्डले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहति बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६४ औँ मिनेटमा डोमिनगुयजले गोल गर्दै नटिङघमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७८औँ मिनेटमा म्यानचेस्टरका रासफोर्डले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि मोर्गन गिब्स ह्वाइटले ८२ औँ मिनेटमा गरेको गोलसँगै नटिङघम विजयी भयो ।

यो खेलपछि २० खेलबाट २० अंक जोडेको नटिङघम १५औँ स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर युनाइटेड ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ । जारी लिगमा युनाइटेडको यो नवौँ हार हो ।