समाचार

‘तमु ल्होसारले धर्म, संस्कृति र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ’

By खबरहब

December 31, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरेका छन् ।

यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उल्लेख गर्दै सन्देशमा तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताएका छन् ।