फाइल फोटो

राजनीति

बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती छैन : कांग्रेस नेता विश्वकर्मा

By खबरहब

December 31, 2023

काठमाडौं- नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बाहिर देखिएजस्तो पार्टीभित्र कुनै बिमती नभएको बताएका छन् ।

केन्द्रीय समिति बैठकका निर्णयबारे जनाकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले पार्टीको केन्द्रीय समितिले गरेका निर्णयमा कुनै पनि बिमती नभएको बताएका हुन् ।

उनले भने, ‘महामन्त्रीज्यूले बाहिर केके बोल्नु भयो भन्ने कुरा आएको छ तर उहाँले गलत किसिमले भन्नु भएको होइन । पार्टी बैठकमा सर्वसम्मत रुपमा निर्णय भएको हो ।’

उनले कांग्रेसले कसैलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने नसक्ने बताए ।