समाचार

बालकुमारी घटनामा मारिएका वीरेन्द्र शाहको परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने

By खबरहब

December 31, 2023

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुःखी भएको बताउँदै प्रदेश सरकारका तर्फबाट दुई लाख राहत दिने बताए । परिवारजनको पीडामा मल्हम लगाउन प्रदेश सरकारका तर्फबाट दुई लाख रुपैयाँ राहत दिइने उनको भनाइ छ ।

आज नै शाहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि आफन्तले प्रदर्शन गरेका छन् ।