प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

चीनले दक्षिण चीन सागरमा उत्तेजना बढायो : फिलिपिन्स

By खबरहब

December 31, 2023

मनिला- फिलिपिन्सले चीनमाथि दक्षिण चीन सागरमा उत्तेजना बढाएको आरोप लगाएको छ । फिलिपिन्सका रक्षामन्त्री गिल्बेर्टो टेओडोरोले चीनले दक्षिण चीन सागरमा उत्तेजना बढाएको र समस्या सिर्जना गरेको आरोप लगाएका हुन् ।

उनले पूरै दक्षिण चीन सागरमा चीनले दाबी गरेको सार्वभौमिकताको कुनै औचित्य नभएको पनि उल्लेख गरे । दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

यस क्षेत्रका केही स्थानमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

पछिल्लो समय चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरमा नौसैनिक तनाव बढ्दै जाँदा फिलिपिनी विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।