तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

चीनमा मिथ्या सूचनाको बिगबिगी

By खबरहब

December 31, 2023

बेइजिङ- चीनमा तीव्र गतिमा मिथ्या सूचना फैलिरहेको पाइएको छ । चीनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरी बनाइएका भिडियोका माध्यमबाट मिथ्या सूचना फैलिरहेको अस्ट्रेलियाको अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट एएसपीआईले जनाएको छ ।

युट्युबमा भेटिएका केही चिनियाँ भिडियोको विश्लेषणबाट एएसपीआईले यस्तो निष्कर्ष निकालेको हो ।

एआईको प्रयोग गरी बनाइएका यस्ता प्रचार सामग्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्रसंशा गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका आलोचकहरुको निन्दा गर्ने गरेको बिटरविन्टरले जनाएको छ ।

यस्ता भिडियोमा चीन र रुस विश्व भूराजनीतिमा बलियो शक्ति रहेको, अमेरिकाविरुद्ध जारी प्रविधि युद्धमा चीनको जित भइरहेको र अमेरिकी अर्थतन्त्र खराब बन्दै गइरहेको तथा केही समयभित्र अमेरिका नै पतनको बाटोमा रहेको दाबी गरिएका छन् ।