फाइल फोटो

आर्थिक

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

January 01, 2024

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।