सांकेतिक तस्बिर

अपराध

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 01, 2024

सिन्धुपाल्चोक– जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारी रहेका छन् ।

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।