ब्रेकिङ स्टोरी

माइतीघरबाट सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ  

By खबरहब

January 01, 2024

काठमाडौँ– सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेकी छन् । प्रहरीले माइतीघर मण्डलाबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको हो । 

धोती दिवस मनाउन माइतीघर मण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीसहित, जनमत पार्टीका अध्यक्ष सिके राउत र पार्टीका अरू नेताहरू पनि पक्राउ गरेको छ । 

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ ।