सांकेतिक तस्बिर

देश/प्रदेश

देशका विभिन्न स्थानमा भएका आगलागीबाट ५२ लाख रुपैयाँ बराबरको क्षति

By खबरहब

January 01, 2024

काठमाडौं –  पाल्पा, झापा, दोलखा र रोल्पामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ५२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाल्पाका रामपुर नगरपालिका-८ एक्लेटर खन्चुवा बस्ने राम प्रसाद न्यौपानेको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी, झापाकाे झापा गाउँपालिका-३ फुलबारी टोल बस्ने इन्दिरा कटुवाल खड्काको टु ब्रोदर्स पोल्ट्री फर्ममा आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, दोलखाको बिगु गाउँपालिका-२ देउलाङ खानी बस्ने ५२ वर्षीय चरित्र बहादुर ठकुरीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पाकाे माडी गाउँपालिका-५ पानधारा बस्ने ६० वर्षीय बिर्जराम वलीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यि सबै घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।