राजनीति

बीपी नेपाली राजनीतिका मूर्धन्य व्यक्ति : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

January 01, 2024

 काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्व भएको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीपी बहुआयामिक नेतृत्वको धनी भएको बताएका हुन् ।

उनले भने, ‘राजनीतिक नेताको रुपमा मात्र नभईफिलोसोफीमा लिटरेचरमा र अन्य विधामा पनि उहाँको त्यत्तिकै दखल थियो ।’

यसैबीच, उनले अहिलेका समकालीन नेताहरू जुनसुकै राजनीतिक दलमा भएपनि कुनै न कुनै रुपमा बीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताए छन् । उनले संसारमा मानव जातीले विकास गरेको सबैभन्दा उच्चतम् राजनीतिक प्रणाली लोकतान्त्रिक गणतन्त्र नै भएको पनि उल्लेख गरे ।