अपराध

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 01, 2024

काठमाडौं– अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  कंचनपुर घर भई हाल काठमाडौंकाे टाेखा बस्ने ३९ वर्षीय राम बहादुर सिंह रहेका छन् ।

सिंहले हरिश प्रसाद जोशीलाई वैदेशिक रोजगारीको लागि अष्ट्रिया पठाइदिन्छु त्यसको लागि १५ लाख रुपैयाँ  लाग्छ र अष्ट्रिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख ५० हजार रुपैयाँ तलब हुन्छ । भनी प्रलोभनमा पारी तीन लाख रुपैयाँ लिई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार टोखाबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।