राजनीति

जनतामा निराशा बाँड्नेहरू राष्ट्रवादी हुन सक्दैनन् : प्रधानमन्त्री

By खबरहब

January 01, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निराशा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उनले आशंका  व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताए ।

उनले भने, ‘केही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्। गाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।’ 

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए । 

यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनले स्पष्ट पारे ।