अपराध

युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ 

By खबरहब

January 01, 2024

काठमाडौं– युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती बस्ने ४१ बर्षीय मार्स मेनपावरका संचालक जयराम पौडेल रहेका छन् ।

पौडेलले पदम कुमारी श्रेष्ठ समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु त्यसको लागि २० लाख रुपैयाँ लाग्छ र युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलब हुन्छ भनी प्रलोभनमा पारी १९ लाख ६० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टाेलिले गत बिहीबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।