फाइल फोटो

अन्तर्राष्ट्रिय

गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुग्यो

By खबरहब

January 01, 2024

गाजा – हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ।

यसै बीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताए।

उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरे ।