जीवनशैली

गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसो गर्नुहोस्

By खबरहब

February 01, 2024

मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ ।

बसमा लामो यात्रा गर्दा वाता हुने धेरै मानिसको समस्या हो । यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ ।

यो समस्यामा गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै बान्ता आउँछ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या पनि हुनसक्ने चिकित्सकले बताएका छन् ।

यदि तपाइँमा गाडी चढ्दा वान्ता हुने समस्या छ भने यी कुरामा ध्यान दिनुहोस्–

गाडीमा लामो यात्रामा हिँड्दा धेरै उत्सुकताका साथ बाहिर हेरी रहँदा चक्कर लाग्ने र उल्टी आउने हुन्छ । – यस्तो बेलामा गाडीमा यात्रा हल्का खाना खाएर गाडीको अगाडिको सिटमा बस्दा यो समस्या कम हुन्छ । – धेरै रिँगटा लाग्ने र टाउको दुख्ने मानिसले धेरै पटक झ्याउबाट टाउको निकाल्ने र बाहिर हेर्ने पनि गर्नु हुँदैन । – यस्तो समस्या भएको बेलामा कागती पनि खान सकिन्छ । – रक्सी चुरोट खाएर यात्रा नगर्ने । – यात्रा गर्नु भन्दा ३० मिनेट अगाडि एन्टीहिस्टामेनिक र प्रोमेथाजरिन औषधि खान सकिन्छ । – चाँडै पच्ने खालका खाना अनि फलफूल खानुपर्छ । पेट खाली नराख्नुस, साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । – खानेकुराहरू खाइराख्ने, अन्य कुरामा मन लगाउने र सँगै बस्ने व्यक्तिसँग कुरा गर्नाले पनि यो समस्या कम हुन्छ । – बसको झ्याल खोलेर ताजा हावा लिँदा पनि वान्ता नहुन सक्छ ।

– गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।