खेलकुद

स्पेनिस ला लिगा : ओसासुनामाथि बार्सिलोनाको जित

By खबरहब

February 01, 2024

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा ओसासुनालाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका भिटोर रकीले गोल गरेका थिए । उनले खेलको ६३औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि बार्सिलोना २२ खेलबाट ४७ अंकका साथ लिग तालिकाको चौथो स्थानमा रहेको छ। पराजित भएको ओसासुनको ३६ अंक छ ।