समाचार

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त, योजना आयोगको सदस्यमा उमाशंकर

By खबरहब

February 01, 2024

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सञ्चालक समिति सदस्य राईलाई नियुक्त गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. साहारा श्रेष्ठलाई नियुक्त गरेको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।