समाचार

सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ 

By खबरहब

February 01, 2024

काठमाडौं– बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ परेका छन् । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी चौधरीलाई पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ ।

अरुण औद्योगिक-व्यापारिक घराना चौधरी ग्रुप सीजीका अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको थियो ।