ब्रेकिङ स्टोरी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू)

By खबरहब

February 01, 2024

काठमाडौं– देशका हिमाली भेगमा बिहीबार हिमपात भएको छ ।

हुम्लामा बुधबार राति तेस्रो पटक हिमपात हुँदा किसान निकै खुसी भएका छन् ।  बिहीबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा समेत हिउँ परेको छ ।

त्यसै गरी बिहीबार म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा, रुकुम पूर्व भुमे गाउँपालिका–१ स्थित मध्यपहाडी सडक खण्डको रुपगामा हिमपात भएको छ ।

त्यस्तै जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको उमिधुरी हुँदै कुइनेखानी जाने बाटो समेत हिउँले ढाकिएको  छ ।

बिहीबार भएको हिमपातका कारणले विभिन्न यात्रु बस तथा हवाई सेवा अवरुद्ध भएका छन्  ।

तस्बिर : कुलदीप न्यौपाने, विजय रावत, दाने बोहरा, सन्तोष गौतम,  कमल खत्री/रासस